भेनेजुएलाका राष्ट्रपति मादुरो बेपत्ता, उपराष्ट्रपतिले मागिन् जीवनको प्रमाण

by समतल अनलाइन
35Shares

काठमाडौँ । भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसको बारेमा सरकारसँग कुनै जानकारी नभएको बताएकी छन् ।

टेलिभिजन सम्बोधनमा रोड्रिगेजले अमेरिकी कारबाही पछि राष्ट्रपति मादुरोको ठेगाना स्पष्ट नभएको र सरकारले उनको जीवनको प्रमाण माग गरिरहेको बताइन ।

अमेरिकाले शनिबार बिहान भेनेजुएलाविरुद्ध ठूलो मात्रामा सैन्य कारबाही सुरु गरेको दाबी गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति मादुरोलाई यस कारबाहीको क्रममा हिरासतमा लिइएको र देश निकाला गरिएको दाबि गरेका छन् । यद्यपि, भेनेजुएला सरकारले यो दावीमाथि प्रश्न उठाएको छ र कुनै पनि आधिकारिक जानकारीलाई अस्वीकार गरेको छ, जसले गर्दा स्थिति अझ बिग्रिएको छ ।

भेनेजुएलाका उपराष्ट्रपतिले राष्ट्रपति मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेस हाल बेपत्ता रहेको दाबी गरेकी छन् । ट्रम्पले राष्ट्रपति मादुरो र उनकी श्रीमती अमेरिकाको हिरासतमा रहेको बताउदै देशबाट बाहिर निकालिएको बताएका छन् ।

You may also like