लायन्स क्लव अफ सैनामैना मलमला: चिसो मौसममा न्यानो कपडा बितरण

by समतल अनलाइन
70Shares

बुटवल।सैनामैनामा रहेको लायन्स क्लव अफ सैनामैना मलमलाका अध्यक्ष जीवन घिमिरेले शुक्रवार न्यानो कपडा वितरण गर्नुभएको छ । आफ्नो जन्मदिनको अवसर र लायन्सको वार्षिक कार्ययोजना अनुसार घिमिरेले न्यानो कपडा वितरण गर्नुभएको हो ।

सैनामैना नगरपालिका अन्तर्गतको वडा नम्बर १० मा पर्ने झिमझिमिया क्षेत्रको विपन्न भेगमा शुक्रबार एक कार्यक्रमका आयोजना गरी न्यानो कपडा वितरण गरिएको हो ।
चिसो मौसमका कारण दैनिक जीवनमा कठिनाइ भोग्दै आएका समुदायलाई सहयोग गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब ३० घरपरिवारलाई न्यानो कपडा प्रदान गरिएको थियो।

कार्यक्रम लायन्स क्लब अफ सैनामैना मलमलाका अध्यक्ष जीवन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाको प्रमुख आतिथ्यता, वडा नम्बर १० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरे तथा क्लबका संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रममा विभिन्न सामाजिक अभियन्ता, लायन्स क्लबका पदाधिकारीहरू तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कर्यक्रमकाे समन्वय: लायन अर्जुन ज्ञवालीले गर्नु भयको थियो भने स्वागत मन्तव्य संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद शर्माकाे रहेको थियो भने सञ्चालन प्रथम उपाध्यक्ष चन्द्रप्रकाश वनले गर्नु भयको थियो । यसअघी पनि लायन्सले बिभिन्न समाजिक तथा रचनात्मक कामहरू गर्दै आइरहेको छ।

You may also like