देशभर पश्चिमी वायुको प्रभाव, हिमाली क्षेत्रमा हल्का वर्षा/हिमपातको सम्भावना

by समतल अनलाइन
49Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको प्रभाव रहेको जानकारी दिएको छ ।

हाल गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारण बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ भने सुदूरपश्चिम प्रदेशको तराईका अधिकांश स्थानहरूमा तथा बाँकी तराईको केही स्थानहरूमा हुस्सु लागेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई भू-भागमा हुस्सु/कुहिरोको समेत सम्भावना रहेकोले सोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागमा साधारण बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ ।

त्यस्तै आज राती कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ भने तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु रहनेछ ।

You may also like