पहाड र हिमालमा बदली, तराईका धेरै स्थानमा कुहिरो

by समतल अनलाइन
59Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको प्रभाव रहेको जानकारी दिएको छ । 

त्यस्तै हाल सुदूरपश्चिम प्रदेश लगायत देशका उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का वर्षा/हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले दैनिक जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन हुन विभागले अनुरोध गरेको छ । 

त्यसैगरी आज दिउँसो र राति देशका पहाडी तथा हिमाली भू‍-भागमा साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा साथै देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।  तराई भू-भागका धेरै स्थानहरूमा बिहानीपख हुस्सु/कुहिरो  रहनेछ ।

You may also like