विशेष महाधिवेशनको प्रतिवेदन लेख्न धुलिखेल पुगे गगन थापा

by समतल अनलाइन
63Shares

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनमा पेस गर्नका लागि प्रतिवेदन लेख्न भन्दै काभ्रेको धुलिखेल पुगेका छन् ।

महामन्त्री थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्माले विहिबार नै नियमित महाधिवेशन स्थगन भएको जानकारी गराउदै विशेष महाधिवेशनको आव्हान गरेका छन् । उनीहरुले कांग्रेसको विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंमा आह्वान गरेका हुन् ।

विशेष महाधिवेशनको मिति घोषणा सँगै महामन्त्री थापा भने प्रतिवेदन लेख्न जुटेका हुन् । उनी निकट नेताका अनुसार महामन्त्री थापा केहि अन्य सहयोगी लिएर धुलिखेल पुगेका छन् । यता अर्का महामन्त्री शर्माले भने विशेष महाधिवेशन आव्हान बारे सभापति शेरबहादुर देउवालाई जानकारी गराउने र उनलाई उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको निमन्त्रणा दिने बताइएको छ ।

सभापति देउवासहितका संस्थापन पक्षका नेताहरु विशेष महाधिवेशनको विपक्षमा रहेका बेला महामन्त्रीद्वय विशेष महाधिवेशनमा अगाडी बढेपछि काँग्रेस विभाजन हुने हो की भन्ने आशंका बढेको छ ।

You may also like