नवलपरासीको बर्दघाटस्थित कजरिया टायल्स उद्योगमा दुई मजदुरको मृत्यु

by समतल अनलाइन
65Shares

नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका–१२ भटौलियास्थित कजरिया रमेश टायल्स उद्योगमा कार्यरत दुई मजदुरको मृत्यु भएको छ ।

गएराति उद्योगमा काम गरेर कोठामा सुतेका एक भारतीय र नेपाली मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–१३ धनेवाका ४० वर्षिय होमबहादुर थापा र भारत उत्तर प्रदेश प्रतापगढ जिल्लाका ३० वर्षिय विनोदकुमार रहेका छन् ।

मृतक दुबै जना अग्नी नियन्त्रण प्लान्ट काम गर्ने मजदुर रहेको उद्योगले जनाएको छ । उनीहरु उद्योगको ग्यासी फायरको पोकिङ् फ्लोरमा एकै ठाउँमा गत्ता ओछ्याएर सुतेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनापछि स्थानीय आक्रोशित हुदै उद्योगको लापरबाहीले घटना घटेको र दोषीलाई कारबाहीको माग गर्दै उद्योग घेराउन गरेका छन् । शव पोष्टमार्टमका लागि लैजान खोजेपनि स्थानीयले दोषीलाई कारवाहीको माग गर्दै अवरोध गरेपछि अहिलेसम्म पठाउन नसकिएको प्रहरीले जनाएको छ ।

You may also like