बुटवल। पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ बुटवलमा जारी बुटवल सडक खाना महोत्सव अन्तरगत बुधबार रक्तदान कार्यक्रम गरिएको छ । रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघको आयोजना, नेपाल नियमित रक्तदाता संघ र लायन्स क्लब अफ बुटवल डाईनामिक टुरिजमको सहकार्यमा महोत्सवको सचिवालय परिसरमा रक्तदान कार्यक्रम गरिएको हो ।

एक कार्यक्रमका बिच संघका अध्यक्ष माधव कुमार खनाल, वरिष्ठ उपाध्यक्ष अर्जुन थापा, कोषाध्यक्ष अर्जुन पोखरेलले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरि शुभारम्भ गरेका थिए ।
कार्यक्रममा नेपाल नियमित रक्तदाता संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष तथा रुपन्देही होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले यस क्षेत्रमा नै पुरानो रक्तदाता संस्थाका रुपमा आफुहरु परिचित रहेको बताए । विभिन्न रक्त समुहको रगत अभाव देखिएको हुदा र जहा धेरै मास हुन्छ त्यही रक्तदान गराउदा रक्तदानको् महत्व प्रचारात्मक रुपमा फैलाउन मद्यत मिल्ने हुदा कार्यक्रम गरिएको बताए । यस्ता कार्यक्रमबाट ९० प्रतिशत थप नया रक्तदाता जोड्न सफल भैरहेको उनले बताए ।
कार्यक्रमका संयोजक गोकर्ण बहादुर रायमाझीले ब्यवसायीक हकहितसंगै विगतबाट नै सामाजिक क्षेत्रमा अग्रसर रहेको बताए । महोत्सवमा नै रक्तदान कार्यक्रम राखेर सचेतना जगाउने र अन्य नया रक्तदाताहहरुलाई उत्प्रेरित गर्ने लक्ष्यसहित कार्यक्रम गरिएको भन्दै कार्यक्रममा ३० युनिट रगत संकलन भएको बताए ।




