51
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ ।

विभागका अनुसार हाल तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेको छ भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहेको छ ।
आज दिउँसो तथा राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो लागिरहने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ ।
यस्तै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।





