पूर्व सांसद बासुदेव घिमिरे रास्वपा प्रवेशको तयारीमा, रुपन्देही–२ बाट चुनाव लड्ने संकेत

by समतल अनलाइन
256Shares

बुटवल। नेकपा एमालेका पराजित केन्द्रीय सदस्य तथा पूर्व सांसद बासुदेव घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेशको तयारीमा रहेको बुझिएको छ। स्रोतका अनुसार घिमिरे बालेन समूहको कोटाबाट रुपन्देही निर्वाचन क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारीमा छन्।

घिमिरे र बालेन टिमबीच निरन्तर छलफल भइरहेको र केही दिनभित्रै निर्णय टुंग्याउने तयारी गरिएको बताइएको छ। घिमिरे रुपन्देहीको तिलोत्तमा नगरपालिकाका पूर्व मेयरसमेत हुन्।

यसअघि केही दिनअघि सैनामैना नगरपालिकाका पूर्व मेयर चित्रबहादुर कार्की रास्वपामा प्रवेश गरिसकेका छन्। स्थानीय तहका अनुभवी नेतृत्व रास्वपातर्फ आकर्षित भइरहेका बेला घिमिरेको सम्भावित प्रवेशले रुपन्देहीको राजनीतिक समीकरणमा नयाँ चर्चा थपिएको छ।

You may also like

This will close in 0 seconds