सौ,फर्साटिकर सामुदायिक सिकाई केन्द्र‌द्वारा पोसाक वितरण

by समतल अनलाइन
27Shares

नगेन्द्र केसि
शुद्वोदन । रुपन्देहीको शुद्धोदन गाउँपालिका ४ अवस्थित सौ,फर्साटिकर सामुदायिक सिकाई केन्द्र‌द्वारा गत वर्ष भएको २ महिने डभान्स सिलाई कटाई तालिममा सिलाइएका विभिन्न थरीका पोसाक ४० जनाभन्दा बडी वृद्धा र महिला बालबालिका हरुलाई पोसाक सोमबार संस्थाको प्राङ्गणमा वितरण गरिएको छ।संस्थाका अध्यक्ष रामेश्वरी सिंहको अध्यक्षतामा र शुद्धोदन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा पालिका प्रव्क्ता केशव प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको पोसाक वितरण कार्यक्रममा प्रमुख अतिथि अधिकारीले यस सामुदायिक सिकाई केन्द्रले बालबालिका युवायुवतीहरुको हितमा काम गर्ने संस्था बनेको बताउनुभयो।जहाँ समुदायका मानिसहरूको आवश्यकता र चाहना अनुसारको कार्यक्रम सञ्चालन गरिएको छ ।

समुदायको सशक्तीकरणका लागि सामुदायिक सिकाइ केन्द्र एक निर्विकल्प संस्था रहेको र सामुदायिक सिकाइ केन्द्रले समुदायका व्यक्तिहरूको जीवनस्तर उकास्न सिकाइ र कमाइसँगै लगेर सफल भएको धेरै नै उदाहरण सौ,फर्साटिकर सामुदायिक सिकाई केन्द्र रहेको र यस पोसाक वितरण गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको थियो।कार्यक्रममा शुद्धोदन गाउँपालिका कार्यपालिका सदस्य रुकमणी थारू,दोगना टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद काफ्ले लगायतले संस्थालाई शुभकामना मन्तव्य दिनुभएको थियो।
संस्थाका उपाध्यक्ष नवराज आचार्यको स्वागतमा र संस्थाका सामाजिक परिचालिका अन्जना रेग्मीको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो।

You may also like

This will close in 0 seconds