सुन घट्यो, चाँदी बढ्यो : चाँदीको मूल्य अहिलेसम्मकै उच्च

by समतल अनलाइन
71Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ६ सयले घटेर तोलाको २ लाख ७० हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ४८९५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि आइतबार चाँदी तोलाको ४८३५ मा कारोबार भएको थियो ।

You may also like

This will close in 0 seconds