52
काठमाडौँ । बालेन शाह र रवि लामिछानेबीचको एकताप्रति नेपाली काँग्रेसको प्रतिक्रिया आएको छ ।
काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महत्तले बालेन र रविको एकताले आफुहरु नआत्तिएको प्रतिक्रिया दिएका हुन् । आइतबार काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै खासै प्रभाव पर्ने आफुले नदेखेको बताउदै दुवै जना प्रश्न उठेकै व्यक्तिहरु भएको र जनताले प्रश्न सोधिरहेको बताएका छन् । उनीहरु मिलेको भनेर आत्तिनुपर्ने कारण नभएको उनले बताए ।
काँग्रेसको बैठकले समानुपातिक सूची बनाइरहेको जानकारी दिदै प्रवक्ता महत्तले सोमबार काँग्रेसले समानुपातिक सुची बुझाउने जानकारी दिए ।





