68
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदी मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १३ सयले बढेर तोलाको २ लाख ७० हजार ६ सयमा कारोबार भइरहेको छ । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार सुन तोलाको २ लाख ६९ हजार ३ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २७० रुपैयाँले बढेर ४८३५ रुपैयाँमा कारोबार भइरहेको छ । यो चाँदीको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि शुक्रबार चाँदी तोलाको ४५८५ मा कारोबार भएको थियो ।





