62
काठमाडौँ । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका तथा अन्य पार्टीमा गएकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेको छ ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकको निर्णयमा भनिएको छ, ‘विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरूलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक आह्वान गर्दछ ।’
निर्णयमा थप भनिएको छ, ‘त्यसरी फर्किने साथीहरूलाई क्रियाशील सदस्यतासहित आवश्यक जिम्मेवारी प्रदान गर्ने निर्णय यो बैठक गर्दछ ।’





