कुलमान र बालेनबीच फेरि छलफल जारी

by समतल अनलाइन
68Shares

काठमाडौँ । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पुनः छलफलमा जुटेका छन् । शनिबार (पुस १२) बेलुका काठमाडौंको बालुवाटारस्थित एक घरमा उनीहरू वार्तामा बसेका बालेननिकट स्रोतले जानकारी दिएको छ ।

शनिबार बिहानै पनि उनीहरूबीच भेटवार्ता भएको थियो । उनीहरूले पार्टी एकता, सहकार्य वा चुनावी गठबन्धनको कसरत गरेका छन् । यसैलाई टुंगोमा पुर्‍याउन उनीहरूले पटक-पटक छलफल गरेका छन् ।

मन्त्री घिसिङ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट पार्टीगत राजनीतिमा होमिने तयारीमा छन् । उनको पार्टीको चुनाव चिह्न बलेको चिम हो । मेयर बालेन पनि मूलधारको राजनीतिमा आउने अन्तिम तयारीमा छन् । राजनीतिक दलमार्फत क्रियाशील हुने उनको तयारी छ ।

देश विकास पार्टी नामक दलमा सक्रिय हुने उनले गृहकार्य गरिरहेका छन् । लौरो चुनाव चिह्नसहित उनी संसदीय निर्वाचनमा प्रतिस्पर्धाको तयारीमा छन् । विभिन्न पार्टी र समूहसित सहकार्य र गठबन्धनको कसरतमा पनि उनी देखिएका छन् ।

You may also like

This will close in 0 seconds