सबै दल चुनावका लागि तयार छन् : सभापति देउवा

by समतल अनलाइन
51Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै राजनीतिक दल चुनावका लागि तयार रहेको बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीले सभापति देउवासहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेकी थिइन् ।

‘सबै राजनीतिक दल चुनावमा जान तयार भएका छौँ,’ देउवाले भने, ‘कांग्रेस पनि रेडी छ। एमाले पनि रेडी छ । अरू दल पनि रेडी छन्।’

चुनावका लागि सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्ने उनले बताए । ‘सरकारले सुरक्षाको वातावरण मिलाउनुपर्छ,’ देउवाले भने।

You may also like

This will close in 0 seconds