रबि, बालेन र कुलमानबीच शनिबार एकता घोषणा हुने

by समतल अनलाइन
35Shares

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने, काठमाडौँका मेयर बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङले एउटै पार्टी गठन गर्ने विषयमा सहमति जुटाएका छन् । स्रोतहरूका अनुसार, नयाँ पार्टी निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

तीन नेताबीचको एकता अब चुनावी एलाइन्सको सन्दर्भमा नभई पूर्ण नयाँ पार्टी बनाउने दिशामा अघि बढेको छ। पार्टी गठन भोलि घोषणा हुने अपेक्षा गरिएको छ। यस प्रक्रियामा कुनै पद या अन्य विषयमा बार्गेनिङ नगरिएको स्रोतको दाबी छ ।

एकीकृत पार्टीको अध्यक्षको रूपमा रवि लामिछाने रहनेछन् । पार्टीको चुनाव चिह्न ‘घण्टी’ नै रहनेछ । निवर्तमान स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहका अनुसार, नयाँ पार्टीले कांग्रेस, एमाले र नेकपाको गठबन्धनसँग प्रतिस्पर्धात्मक विकल्प प्रदान गर्नेछ।

सिंहले भने, ‘नयाँ पार्टी एउटै भएर निर्वाचनमा अघि बढ्दा प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनसक्छ। वर्तमान अवस्थामा प्रधानमन्त्रीको सम्भावना पूर्ण रूपमा अस्वीकार गर्न सकिँदैन।’

You may also like

This will close in 0 seconds