जी–२५ क्लवद्वारा रानीगञ्जको सुकुम्बासी बस्तीमा १ हजार २ सयलाई न्यानो कपडा वितरण

by समतल अनलाइन
33Shares

बुटवल।बुटवल ११ स्थित जी ट्वान्टी फाइव क्लवले बुटवल १७ रानीगंजमा रहेको सुकुम्बासी बस्तीमा न्यायो कपडा बितरण गरेको छ । सोस्थानमा रहेका करिब १ हजार २ सय जनालाइ  न्यानो कपडा बितरण गरिएको हो ।

क्लवले पाँचौपटक कपडा बितरण गरेको क्लवका अध्यक्ष जगदिश न्यौपानेले बताउनुभयो । क्लवले बिगतदेखि नै बिभिन्न रचनात्मक कार्यक्रम गरिरहेको उहाँको भनाइ छ । कपडा पाएपछि साे बस्तिमा रहेका अति बिपन्न गरिब परिवारले खुसी भएका छन् ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि वडा न १७का वडाध्यक्ष ज्ञानबहादुर रेश्मीले समाजसेवा गरेकोमा क्लवलाइ धन्यबाद दिनुभयो ।उहाँलेअन्य कार्यक्रममा पनि सहकार्य गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमको संचालन क्लवकासचिव रेशम बहादुर महराले गर्नुभएको थियो । सो कार्यक्रममा पदाधिकारी, सल्लाहकार,मार्ग दर्शक, पूर्वअध्यक्षहरु लगायत  सदस्य तथा शुभच्छुकहरुको सहभागिता रहेको संयाेजक सजन कुमार भारीले बताउनुभयो ।

You may also like

This will close in 0 seconds