सम्भावित सहकार्यका लागि रवि–बालेन संवाद, बाहिर ताला लगाएर बसे सुधन

by समतल अनलाइन
79Shares

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच वार्ता चल्दै गर्दा सुधन गुरुङ बाहिर बसेका छन् ।

उनले बिहीबार दिउँसो एक भिडियो सार्वजनिक गर्दै आफूहरू यहाँ गार्ड बसेको बताएका छन् ।

सम्भावित सहकार्यका लागि रवि र बालेन संवाद हुँदा उनी र अर्जुन घिमिरे पाँडेसहितका सहयोगी कुमार बनेको घरबाहिर बसेका छन् ।

रवि, बालेन र कुलमानसहितका शक्ति एक ठाउँमा आउनुपर्ने बताइरहेका सुधनले कुमार बेनको घरमा ताला लगाइदिएका छन् ।

‘हाम्रा दुईजना नेताहरू भित्र हुनुहुन्छ । जबसम्म मिल्नु हुन्न तबसम्म उहाँहरूलाई बाहिर जान दिँदैनौँ’, उनले भनेका छन्, ‘हामीले ताला लगाइदिएका छौँ, साँचो हामीसँग छ । हामी ताला लगाइदिएर बसेका छौँ । म चाहिँ गार्ड बसेको छु ।’

You may also like

This will close in 0 seconds