61
काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पार्टी एक भएका छन्।
दुई अध्यक्षबीच आज साँझ एकता सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति पत्रमा पुस १६ गते एकता घोषणा सभा गर्ने उल्लेख छ।
बुधबार दुई नेताबीच भएको छलफलबाट एकताको विषय टुङ्गो लागेको थियो। आज राप्रपाको कार्यालय धुम्बाराहीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति पत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौँ। एकता घोषणा सभा २०८२ पुस १६ गते राष्ट्रिय सभागृहमा हुनेछ।’
सहमति पत्रमा हस्ताक्षरपछि थापा र लिङ्देनले एक अर्कालाई अङ्कमाल गरेका थिए।




