रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नगरस्तरीय टोल विकास संस्था सञ्जाल गठन भएको छ। हाल नगरपालिकाका १७ वटा वडाका २ सय २ टोल बिकास संस्था रहेको संजालले सबै वडाको प्रतिनिधिबाट सर्वसम्मत हरि प्रसाद काफ्लेलाई अध्यक्ष( संयोजक) तोकेको हो।
संजालको उपाध्यक्ष तथा सह संयोजकमा बालकृष्ण बस्याल रहेका छन् भने सचिवमा महिला रहने गरि मनोनित गरिनेछ। त्यस्तै संजालको कोशाध्यक्षमा होम बहादुर छन्तेल रहेका छन् भने सदस्यहरुमा टोपलाल भण्डारी,सुरज गौतम,राजू पौडेल,हरि प्रसाद पाण्डेय,छविलाल भण्डारी, तारा बहादुर गुरुङ्ग, गोपाल प्रसाद भण्डारी, कृष्ण प्रसाद डुम्रे, राजेश यादव, कृष्णवहादुर विश्वकर्मा, चक प्रसाद पुन, बाबूलाल बन्जाडे, बुद्धिबल न्यौपाने रहेका छन भने सदस्य सचिवमा सामाजिक बिकास शाखाकी बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे रहेकी छिन।समितिले २ बर्ष ६ महिआ आफ्नो कार्यकाल संचालन गर्ने छ।
सो अवसरमा बोल्दै नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जागेश्वर देवी चौधरी, निवर्तमान संयोजक हेमराज पौडेल,ले नयाँ कार्यसमितिलाई बधाई स्तथा शुभकामना दिंदै आगामी कार्यकालमा जनमुखी कार्य गर्न सुझाव दिएका छन्।नयाँ कार्यसमितिलाई टिका खादा लगाएर स्वागत गरिएको थियो।




