कांग्रेसका निवर्तमान ६५ सांसदको संसद् पुन:स्थापनाको माग गर्दै सर्वोच्चमा पुरक निवेदन

by समतल अनलाइन
167Shares

काठमाडौँ । नेपाली कांग्रेसका विघटित प्रतिनिधिसभाका ६५ सांसदले संसद् पुन:स्थापना माग गर्दै हस्ताक्षरसहितको पुरक निवेदन सर्वोच्च अदालतमा दर्ता गराएका छन् । उनीहरूले यसअघि कांग्रेसका तर्फबाट श्याम घिमिरेसमेतले दायर गरेको रिट निवेदनमा सरिक हुन माग गरेका छन् ।

कांग्रेसका तर्फबाट पेस भएको पूरक निवेदन दर्ता भएको छ र बुधबार संवैधानिक इजलासमा सुनुवाइका लागि पेस हुनेछ । प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासले साथै राख्ने आदेश गरेपछि उनीहरूको निवेदन पनि एकै ठाउँमा राखेर सुनुवाइ हुनेछ ।

यसअघि मंसिर २३ गते पेस भएको रिटमा घिमिरे, सुशीला थिङ, दीपक खड्का, जाबेदा खातुन, सीता राना, नागिना यादव, शान्ति विक र आशा विक थिए । यसपटक कांग्रेससहित जनमत पार्टीकी गोमा लाभ सापकोटा, स्वतन्त्र सांसद योगेन्द्र मण्डल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीकी हसिना खातुनले पनि संसद् पुन:स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन् ।

हस्ताक्षर गर्ने सांसदहरुमा चन्दा चौधरी, बद्रीप्रसाद पाण्डे, डा. प्रकाशशरण महत, पूर्णबहादुर तामाङ, जीवन परियार, डा.चन्द्रकान्त भण्डारी, पुष्पबहादुर शाह, डा. नारायण खड्का, मनोरमा शेरचन, मोहन आचार्य, रामकृष्ण यादव, राजेन्द्रकुमार केसी, विनाकुमारी थनैत, विनोदकुमार चौधरी, अन्जनी श्रेष्ठ, शंकर भण्डारी, मैना कार्की, रमेश रिजाल, डिगबहादुर लिम्बू, रामहरि खतिवडा, रमेश लेखक, डा. शशांक कोइराला, नारायण प्रकाश साउँद, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशमान सिंह, तेजुलाल चौधरी, दीपक गिरी, सन्तोष चालिसे, मञ्जु खाण, रामनाथ अधिकारी, डिल्लीराज पन्त, ऐनबहादुर शाही ठकुरी, दिनेशकुमार यादव, दिलेन्द्रप्रसाद बडू, सरिता प्रसाईँ, ईश्वरीदेवी न्यौपाने, राजेन्द्र बजगाईं, रुपा विक, सुनिलकुमार शर्मा, कान्तिका सेजुवाल, कल्पना चौधरी, सीता गुरुङ, माया राई, महेन्द्रकुमार राय, किशोरसिंह राठौर, टेकबहादुर गुरुङ, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, विष्णुकुमार कार्की, सरस्वती बजिमय, संगीता मण्डल धानुक, रमा कोइराला पौडेल, देवप्रसाद तिमलसेना, राजु थापा, दुर्लभ थापा क्षेत्री, खमबहादुर गर्बुजा र वीरबहादुर वलायर रहेका छन् ।

You may also like

This will close in 0 seconds