तिलोत्तमाको लुम्बिनी वर्ल्ड स्कूलमा जिल्ला स्तरीय ‘एलडब्लूएस् चेस प्रतियोगिता–२०८२’ आयोजना हुने

by समतल अनलाइन
50Shares

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३ मधवलियास्थित लुम्बिनी वल्र्ड स्कूलमा जिल्ला स्तरीय ‘एलडब्लूएस् चेस प्रतियोगिता–२०८२’ हुने भएको छ । लुम्बिनी चेस एकेडेमीसँगको सहकार्यमा यहि पुस १५ गते प्रतियोगिता आयोजना गर्न लागिएको मंगलबार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।

विद्यालयको वार्षिक क्यालेण्डर अनुसार यो प्रतियोगिता आयोजना हुन लागेको प्राचार्य विष्णुप्रसाद ढकालले जानकारी दिए । विगतमा स्वीमिङ, फुटसल, ह्याकाथन लगायतका बिभिन्न खेलकुद प्रतियोगिताहरु सम्पन्न भइसकेको उल्लेख गर्दै उनले चेस प्रतियोगिताको तयारी तीव्ररुपमा भइरहेको बताए । विद्यालयले अध्ययन सँगसँगै खेदकुद गतीविधिलाई प्राथमिकता दिदै आएको उनले बताए ।

प्रतियोगितामा रुपन्देही जिल्लाका कक्षा १० सम्मका बिद्यार्थीहरु सहभागि हुन पाउनेछन् । स्विस सिस्टमबाट सञ्चालन हुने प्रतियोगितामा छात्रछात्राको छुट्टाछुट्टै समूह बनाएर प्रतिस्पर्धा गराइने लुम्बिनी चेस एकेडेमीका सञ्चालक शिखर रेग्मीले बताए । जसमा छात्रातर्फ एउटा समूह हुनेछ भने छात्रतर्फ अन्डर–१६ र अन्डर–१३ गरी दुईवटा समूह रहनेछन् । प्रतियोगितामा एक सय भन्दा बढी विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको रेग्मीले बताए । प्रतियोगितामा सहभागि हुनका लागि ४५० रुपैयाँ शुल्क तोकिएको छ । उनले यस्ता प्रतियोगिताहरुले जिल्लामा नयाँ खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरे । बालबालिकाको मष्तिस्क विकासका लागि महत्वपूर्ण मानिने चेस खेलप्रति अभिभावकले चासो दिनुपर्ने उनले बताए ।

प्रतियोगितामा एक विद्यालयले छात्रतर्फ (यू–१६, यू–१३) मा २÷२ जना र छात्रातर्पm इच्छाअनुसार विद्यार्थी सहभागी गराउन सक्ने प्रतियोगिता संयोजक तथा विद्यालयका सहायक प्राचार्य अशोक भण्डारीले जानकारी दिए । तीनवटै समूहका उपाधि विजेताले ६ हजार, उपविजेताले ३ हजार तथा तेस्रो हुनेले २ हजार रुपैयाँ र प्रमाणपत्र पाउने लुम्बिनी चेस एकेडेमीका अर्का सञ्चालक सञ्जय घिमिरेले बताए । उनका अनुसार तीनवटै समूहमा चौथो र पाँचौ हुने खेलाडीलाई एक÷एक हजार रुपैयाँ प्रदान गरीनेछ । प्रतियोगिताको मुख्य रेर्फीमा ज्ञानेन्द्र खईजू र सहायक रेर्फीमा जमिर अली र दिवाकर शाह रहने प्रतियोगिता सहायक अनिल घोतानेले जानकारी दिए ।

You may also like