यस्तो छ आजको मौसम पूर्वानुमान

by समतल अनलाइन
49Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल सुदूरपश्चिम प्रदेशमा मौसम मूख्यतया सफा रही बाँकी प्रदेशमा आंशिक बदली रहेको र तराईका धेरै स्थानहरूमा हुस्सु लागेको जानकारी दिएको छ ।

त्यसैगरी देशका तराई भू-भागमा हुस्सु/कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा बिहानको समयमा आंशिक प्रभाव पर्न सक्ने देखिएको विभागले जनाएको छ ।

आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने र आज राती देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ ।

You may also like