एक हत्याको अनुसन्धान गर्दा अर्को पनि हत्या गरेको छु भनेपछि…

by समतल अनलाइन
59Shares

काठमाडौँ । ललितपुरमा बोरामा प्याक गरिएको शव भेटिएको घटनाको अनुसन्धानका क्रममा अर्को एक व्यक्तिको पनि हत्या भएको खुलेको छ।

हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई छन् । उनको शव भक्तपुर–ललितपुर सिमानामा पर्ने सूर्यविनायक–७ को जंगलमा भेटिएको हो।

यसअघि २ पुसमा ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटको एक इनारमा सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ का केशवराज हायुको शव बोरामा प्याक गरिएको अवस्थामा फेला परेको थियो।

सो घटनाको अनुसन्धान क्रममा प्रहरीले सुरुमा देवराज ढुङ्गेललाई पक्राउ गरेको थियो। सोधपुछका क्रममा उनले जयराज अधिकारीको नाम बताएपछि प्रहरीले जयराजलाई आज बिहान सिन्धुलीबाट पक्राउ गरेको हो ।

जयराजले पारुहाङको पनि हत्या गरेको बताएका छन्। उनले देखाएको स्थानबाट प्रहरीले पारुहाङको शव फेला पारेको छ । देवराज ढुङ्गेल र जयराज अधिकारीका अनुसार उनीहरूले मंसिर २४ गते केशवराज हायुको हत्या गरेका थिए । त्यसको भोलिपल्ट मंसिर २५ गते पारुहाङ राईको हत्या गरेका थिए ।

अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले देवराज ढुङ्गेल र जयराज अधिकारीले केशवराज हायु र पारुहाङ राईको हत्या गरेको स्वीकार गरेको बताए ।

You may also like