64
काठमाडौँ । नेप्सेमा आज पनि दोहोरो अंकको गिरावट आएको छ । सोमबार नेप्से १३.८८ अंकले घटेर २५८१.२१ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३२ कम्पनिका ९१ लाख ६७ हजार ३५९ कित्ता शेयर ३ अर्ब ५१ करोड ५९ लाख ३० हजार ७१८ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।
आज एसवाई प्यानलको शेयर मुल्यमा सर्बाधिक ९.९९ प्रतिशतले बढेको छ भने सिटिजन बैंक डिभेन्चरको शेयर ६.०१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी मनुसी लघुवित्तको शेयर ६.८४ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको १० करोड ३० लाख कारोबार भएको छ भने सन नेपाल लाइफ इन्सुरेन्सको ८ करोड २६ लाखको कारोबार भएको छ ।




