कालिका कपः भलिबलतर्फ होराइजन र एभरेष्ट च्याम्पियन, कबड्डीतर्फ कालिका र न्यु होराइजन विजेता

by समतल अनलाइन
68Shares

बुटवल ।कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ को उपाधी भलिबल छात्र तर्फ न्यु होराईजनमाविले जितेको छ । दोस्रो स्थानमा मणिमुकुन्द मावि र तेस्रो नविन मावि भएको हो ।

छात्रा भलिवल तर्फको उपाधी भने एभरेष्ट मावि ले जितेको छ, भने उप विजेता न्यु होराईजन मावि र तृत्य स्थानमा े स्थानमा भने कुवरवर्ती मावि भएको हो ।

यस्तै जिल्ला स्तरिय कडब्डी प्रतियोगीता तर्फ छात्र तर्फ आयोजक संस्था कालिका मानवज्ञान मावि नै प्रथम भएको छ, भने द्धितिय नविन औद्योगीक मावि र तृत्य स्थानमा मणिमुन्द मावि र न्यु होराईजन गौतम बुद्ध मावि भएको हो ।
यस्तै छात्रातर्फको कबड्डी प्रतियोगीता तर्फ भने न्यु होराईजन मावि प्रथम, कालिका मानवज्ञान मावि द्धितिय र कान्ती मावि र नविन औद्योगीक माविले तृतिय स्थान प्राप्त गरेका हुन ।

भलिवल प्रतियोगीता तर्फ बेष्ट कोच न्यु होराईजनमा प्रदिप चौधरी र एभरेष्ट स्कुलका अर्जुन घिमिरे भएका छन् । बेष्ट प्लेर अनिश थापा न्यु होराईजन, मिना सुनार एभरेष्ट बोर्डीङ्ग स्कुल भएकी छिन् । बेस्ट ब्लकरमा मणिमुकुन्द माविका मिलन थापा र एभरेष्ट माविका ललिता बोहोरा भएकी छिन् ।
भलिवल तर्फ बेष्ट स्पाईकरमा प्रकाश सुनार मणिमुकुन्द र मनोरमा दंगोरिया कुवरर्ती भएकी छिन् । बेष्ट डिफेन्समा आयुश थापा न्यु होराईजन र रुपा लम्साल एभरेष्ट स्कुल भएकी हुन । बेस्ट सर्भिसर न्यु होराईजन का ईस्मान पुलामी र अल्नीका झेडी भएका हुन । बेष्ट सटरमा न्यु होराईजनमा जगदशि ओझा र भारती वि भएका छन् । राईजिङ्ग प्लयर्सको रुपमा मणिमुकुन्दका प्रदिप विक र एभरेष्टकी जानकी केसी भईन ।

कबड्डी तर्फ बेष्ट राईडर अलोक हरिज कालिका मानवज्ञान मावि र क्रिष्टीना श्रेष्ठ न्यु होराईजन मावि भएकी छिन् । बेष्ट डिभेन्सरको रुपमा आरव अन्सारी, सन्ध्या पौडेल भएका छन् । बेष्ट कोचको उपाधी भने राहुल अर्याल कालिका मानवज्ञान मावि र महेन्द्र सुनार न्यु होराईजन मावि भएका हुन ।
भलिबल र कबड्ी प्रतियेगीतामा बिजेता टिम प्रथमले नगद ३० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल प्राप्त गरेका छन् भने उप विजेता टिमले २० हजार नगद सहित नगद पुरस्कार, ट्रफी र मेडल र तृतिय टिमले नगद १० हजार सहित नगद पुरस्कार, ट्रफी र मेडल प्रदान गरिएको थियो । विजेता टिमलाई विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, शैक्षिक सल्लाहकार तथा विद्यालयका पुर्व प्रधानाध्यापक घनश्याम पाठक, विद्यालयका प्रधानाध्यापक दिनेश थापा लगायतले पुरस्का प्रदान गरेका थिए ।

यसैविच कालिका मानवज्ञान माविको बुटवल स्थित कालिका मानवज्ञान माविको ६५ औँ वार्षिकोत्सवको अवसरमा समुदाय सरसफाई कार्यक्रम गरिएको छ । सेक्टर २ रामनगर क्षेत्र र कालिकानर क्षेत्रमा वृहत सामुदायिक सरसफाई गरिएको हो । सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार विद्यालयका शिक्षक,विद्यार्थीहरु र समुदायका समाजसेवि, टोल समितिका पदाधिकारी एवम् सदस्यहरूको सहभागितामा समुदाय सरसफाई कार्यक्रम सम्पन्न भएको हो । विद्यालयको सेक्टर २ मा भएको कार्यक्रममा बुटवल उपमहानगरपालिका वार्ड नं १० का जनप्रतिनिधि एवम् विद्यालय व्यवस्थापन समिति सदस्य यमुना काउचा, शान्ता गौतम, समाजसेवि टंक कुमार खडका, दिलिप सुनार, विद्यालयका सहायक प्रधानाध्यापक विष्णुहरि ज्ञवालीलगायत शिक्षक एवम् विद्यार्थीहरुको सहभागीता रहेको थियो । सरसफाई कार्यक्रम अन्तर्गत विद्यालयसँग प्रत्यक्ष रुपमा जोडीएको रामनगर परिसर र विद्यालय परिसर सरसफाई गरिएको विद्यालयका इन्चार्ज कृष्ण गौतमले जानकारी दिए । यस्तै सेक्टर १ कालिका नगर क्षेत्रमा पनि वृहत प्रकृतिको सरसफाई गरिएको हो । विद्यालयको बार्षिक उत्सव अन्र्तगत पुस ६ गते आईतबार सेक्टर २ रामनगरमा पुरस्कार वितरण, सम्मान कार्यक्रम रहेको छ । भने ७ गते मुल समारोह कालिका नगर सेक्टर १ मा हुने छ ।

You may also like