लमही ।जिल्ला प्रहरी कार्यालय दाङले लमहीकाे जुनतारा सुनचाँदी गोलि प्रहार गरेर लुटपाट गर्ने अभियुक्त सार्वजनिक गरेकाे छ । प्रहरीले बङ्गलाचुली गाउँपालिकाका लेखराज केसिलाई पक्राउ गरेर शुक्रबार पत्रकार सम्मेलन गरि घटनामा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको हो । प्रहरीले नेपालगञ्जबाट बिहिवार राती पक्राउ गरेर अभियुक्तलाई दाङ ल्याएको नियन्त्रणमा राखेको जनाएको छ । गत मंसिर २० गते लमही नगरपालिका–५ लमही बजारस्थित जुनतारा सुनचाँदी पसलमा कार्यरत कालिगढलाई लक्षित गरेर गोपसलमाली प्रहार गर्दै लुटपाटको प्रयास गरेका थिए ।
गोली प्रहारबाट कालिगढ दीपक सुनार सामान्य रूपमा घाइते भएका थिए। गोली प्रहार गर्ने केसी घटनापछि फरार रहेका थिए। प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
पसलका संचालक सुमन सुनार कुलपूजा गर्ने उद्देश्यले अर्घाखाँची गएका र शनिबार सार्वजनिक विदा भएकाले कालिगढलाई बोलाएर हमला गरिएको थियो।।




