कालिका कप २०८२: भलिवल र कबडीका सेमिफाईनल खेल सकिए, फाईनल प्रतिस्पर्धा शनिवार हुँदै

by समतल अनलाइन
26Shares

बुटवल। कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कालिका कप छात्रछात्रा जिल्ला स्तरिय भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीताका सेमिफाईलनका खेल सकिएका छन् । फाईनल उपाधीका लागि शनिवार प्रतिस्पर्धा हुने भएको छ ।

शुक्रबाभएको छात्र भलिवल प्रतियोगीतामा क्यावाटरफाईलका प्रतिस्पार्धाबाट न्यु होराईजन मावि, सैनामैना मावि, नविन औद्योगीक मावि र मणिमुकुन्द मावि सेमि फाईलनमा प्रवेश गरेका थिए ।
जसबाट दोस्रो चरणमा सेमिफाईलमा न्यु होराईजन मावि र नविन औद्योगीक माविका विचमा भएको प्रतिस्पार्धाबाट न्यु होराईजन ३–० ले विजयी हुँदै फाईलनमा प्रवेश गरेको छ । यस्तै मणिमुकुन्द मावि र सैनामैना माविका विचमा भएको प्रतिस्पर्धाबाट मणिमुकुन्द मावि ३–०सेटले विजयी हुँदै फाईलनमा प्रवेश गरेको छ । शनिवार विहान तेस्रो स्थानको लागि र फाईलन प्रतिस्पार्धा हुने खेलकुद समितिका सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए ।

यस्तै छात्रा भलिवल तर्फ बेष्ट अफ ५ का खेलबाट न्यु होराईजन मावि र एभरेष्ट मावि फाईलमा प्रवेश गरेका छन् । नविन र न्यु होराईजनका विचमा भएको खेलमा सोझो सेटले होराईजन विजी हुँदै फाईलन यात्रा चयन गरेको हो भने दोस्रो कुवरर्वती बोर्डींग र एभरेष्टका विचमा भएकोमा एभरेष्टले सोझो सेटमा कुवरवर्तीलाई पराजीत गर्दै फाईनल यात्रा तय गरेको छ । शनिवार हुने फाईनल प्रतिस्पार्धामा र तेस्रो स्थानको लागि विद्यालयले प्रतिस्पार्धा गर्ने विद्यालयका खेलकुद संयोजक ओम बहादुर सारुले जानकारी दिए।

यस्तै जिल्ला स्तरिय छात्र कबड्डी प्रतियोगीतामा क्वाटर फाईनलका खेल सकिएका छन् । शनिवार विहान देखि सेमफाईनल र क्वाटर फाईलनका खेल हुने छन् । क्वाटर फाईलनमा कालिका मानवज्ञान मावि, मणिकुन्द मावि, न्यु होारईजन मावि र पब्लिक मावि सेमिफाईलनमा प्रवेश गरेका हुन ।

छात्रा तर्फ को कबड्डी प्रतियोगीतामा सेमिफाईलनका खेल सकीएका छन् । कालिका मानवज्ञान मावि र कान्तीका विचमा भएकोमा कालिका मानवज्ञान मावि विजयी हुँदै फाईलन यात्रा तय गरेको हो । यस्तै नविन मावि न्यु होराईजन माविका विचमा भएको खेलमा न्यु होराईजन माविले जित निकाल्दै फाईलन यात्रा तय गरेको हो । फाईनल प्रतिस्पार्धा शनिवार विहान हुने छ ।

You may also like