53
बुटवल । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भएका छन्। शुक्रबार कागजी प्रक्रिया पूरा गर्न रुपन्देही पुगेका लामिछाने बैंक जमानतमा रिहा भएका हुन्।
बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा रिहा गर्न आदेश दिएपछि लामिछाने आवश्यक कागजी प्रक्रिया पूरा गर्न जिल्ला अदालत रुपन्देही पुगेका थिए।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालका अनुसार लामिछानेले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएर रिहा भएका हुन्।
बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ गतेको आदेश बदर गर्दै बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश दिएको थियो।




