यस्तो छ आजको मौसम पूर्वानुमान ?

by समतल अनलाइन
61Shares

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रही अन्य भू-भागमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको र हाल कर्णाली प्रदेश र सुदूरपश्चिममा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको जानकारी दिएको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राती सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

You may also like