कालिका कप–२०८२ : जिल्ला स्तरीय छात्र–छात्रा भलिवल र कबड्डीका नकआउट चरणका खेल सम्पन्न

by समतल अनलाइन
23Shares

बुटवल।कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा जारी कालिका कप–२०८२ मा जिल्ला स्तरिय छात्र–छात्रा भलिवल प्रतियोगीता र कबड्डी प्रतियोगीतामा नकआउट चरणका सबै खेल सकीएका छन् । विहिबार विद्यालयमा भएको जिल्ला स्तरिय मावि छात्र भलिवल प्रतियोगीतामा ७ वटा विद्यालय अघिल्लो चरणमा प्रवेश गरेका छन् ।

पहिलो खेल अक्सफोर्ड मावि र सगरमाथा माविका विचमा भएकोमा २–० ले अक्सफोर्ड विजयी भएको छ । यस्तै एभरेष्ट मावि र मणिमुकुन्दका विचमा भएको खेलमा मणिमुकुन्द सोझो सेटमा विजयी भएको छ ।

न्यु होराईजन र उजिरसिंह माविका विचमा भएकोमा सोझो सेटमा न्यु होराईजन विजयी भएको छ । यस्तै कालिका मानवज्ञान मावि र सैनामैना माविका विचमा भएको खेलमा सैनामैना मावि २–१ सेटले विजयी भएको छ ।

दिप बोर्डीङ्ग मावि र देवदह पब्लिका विचमा भएकोमा देवदह पब्लिक मावि सोझो सेटले विजयी भएको छ भने सेन्ट जोसेफ र पशुपती माविको विचमा भएको खेलमा सेन्ट जोसेफ मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको विद्यालयका खेलकुद समिति सदस्य शिक्षक हिरामान प्रधानले जानकारी दिए ।
यस्तै छात्र भलिवलको सातौ खेल कान्ती मावि र सिता माविका विचमा भएकोमा सिता मावि २–१ ले विजयी भएको हो ।
यस्तै छात्रा भलिवल प्रतियोगीतामा कालिका मानवज्ञान मावि र नविन माविका विचमा भएको खेलमा नविन मावि सोझो सेटले विजयी हुँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै न्यु होराईजन मावि र दिप बोर्डीङ्गको विचमा भएकोका न्यु होराईजन सोझो सेटले विजयी भएको हो । यस्तै एभरेष्ट मावि र बुद्ध पब्लिकका विचमा भएकोमा २–१ ले एभरेष्ट मावि, कान्ती मावि र नविन माविका विचमा भएकोमा २–१ ले नविन मावि र कुर्वरवती मावि र सिता माविका विचमा भएको खेलमा सोझो सेटले कुवरवर्ती मावि विजयी हुँदै अघिल्लो चराणमा प्र
कड्डी प्रतियोगीता तर्फ छात्र मा नविन मावि, अक्सफोर्ड मावि, ईड्न बोर्डीङ्ग , कालिका मानवज्ञान मावि, मणिमुकुन्द मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका छन् । छात्रा तर्फ पशुपती मावि, कालिका मानवज्ञान मावि, नविन मावि र कान्ती मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेका हुन ।
कालिका मानवज्ञान माविले पुस ६ गते सेक्टर २ मा छात्रवृत्ती वितरण सहित सम्मान कार्यक्रम आयोजना गरेको छ भने मुल समारोह पुस ७ गते कालिकानगर सेक्टर १ मा भव्य समारोहका विचमा हुने छ ।

You may also like