हिमाल पोख्रेलले जन्मदिनमा मानवसेवा आश्रममा आश्रितलाई भोजन खुवाए

by समतल अनलाइन
17Shares

बुटवल। गुल्मीको धुर्कोट बस्तुमा जन्मिएका समाजसेवी हिमाल पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम, बुटवलमा आश्रित नागरिकहरूलाई सहयोग गरेका छन्।

पोख्रेलले बुटवल–११ सुख्खानगरस्थित मानवसेवा आश्रममा आश्रय लिइरहेका अनाथ, अपाङ्ग तथा बालबालिकालाई साँझको एक छाक खाना खुवाएर जन्मदिनलाई अर्थपूर्ण बनाएका हुन्।

विगत ९ वर्षदेखि बुटवलमा बसोबास गर्दै आएका पोख्रेल पछिल्लो ६ वर्षदेखि निरन्तर सामाजिक सेवामा सक्रिय रहँदै आएका छन्। उनले समय–समयमा बालबालिका, अनाथ, दृष्टिविहीन आश्रमलगायत विभिन्न संस्थामा पुगेर खाना खुवाउने तथा सहयोग गर्दै आएका छन्।

जन्मदिनको अवसरमा मानवसेवाको क्षेत्रमा सहयोग गर्न पाउँदा आफूलाई आत्मिक सन्तुष्टि मिलेको पोख्रेलले बताए। मानवसेवा नै मुख्य धर्म भएको उल्लेख गर्दै उनले असहाय, आमाबुवा तथा दिदीबहिनीहरूलाई सहयोग गर्नु नै साँचो अर्थमा पुण्य कमाउनु भएको बुझाइ रहेको बताए।

हाल पोख्रेल बुटवलमा रहेर स्वास्थ्य क्षेत्रमा समेत निरन्तर योगदान दिँदै आएका छन्।

You may also like