एमाले केन्द्रीय सदस्यमा ४० वर्षमुनिका १५ युवा निर्वाचित

by समतल अनलाइन
37Shares

काठमाडौं ।नेकपा (एमाले)को केन्द्रीय कमिटीमा ४० वर्षमुनिको कलस्टरबाट १५ जना युवा केन्द्रीय सदस्य निर्वाचित भएका छन् । पार्टीको हालै सम्पन्न महाधिवेशनबाट प्रदेश, समूह र खुला कोटामार्फत उनीहरू केन्द्रीय सदस्यमा चयन भएका हुन् ।

प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेशबाट गोविन्द गिरी, कर्णाली प्रदेशबाट रुद्रबहादुर शाही, लुम्बिनी प्रदेशबाट लिलामणि गौतम, गण्डकी प्रदेशबाट नवराज ओझा, बागमती प्रदेशबाट निशा अधिकारी, मधेश प्रदेशबाट मोबिन आलम र कोशी प्रदेशबाट क्षितिज थेवे निर्वाचित भएका छन् ।

त्यसैगरी राजधानी विशेषबाट सुनिता डंगोल निर्वाचित हुनुभएको छ । आदिवासी जनजातितर्फबाट मनोत ताम्ली र सम्राट गौचन, मधेशीतर्फबाट अमरकुमार यादव र रोनित साह तथा दलिततर्फबाट निता घतानी केन्द्रीय सदस्यमा चयन भएका छन् ।

केन्द्रीय सदस्य खुला तर्फको ४० वर्षमुनिको कलस्टरबाट नरेश रोकाया र सुशीलकुमार थापा निर्वाचित भएका छन् ।

४० वर्षमुनिका केन्द्रीय सदस्यहरूको सूची यसप्रकार छः
गोविन्द गिरी, रुद्रबहादुर शाही, लिलामणि गौतम, नवराज ओझा, निशा अधिकारी, मोबिन आलम, क्षितिज थेवे, सुनिता डंगोल, मनोत ताम्ली, सम्राट गौचन, अमरकुमार यादव, रोनित साह, निता घतानी, नरेश रोकाया र सुशीलकुमार थापा ।

You may also like