औद्योगिक प्रदर्शनी आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुँदै

by समतल अनलाइन
89Shares

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नारासहित आज बिहीबारदेखि बुटवलमा १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०८२ सुरु हुँदैछ । प्रदर्शनीको उद्घाटन आज दिउँसो २ः१६ बजे अर्थमन्त्री डा. रामेश्वर खनालले गर्नुहुने कार्यक्रम रहेको छ ।

प्रदर्शनी उद्घाटनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

बुटवल मण्डपस्थित निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलोपटक आयोजना हुन लागेको यस प्रदर्शनीमा कृषि, उद्योग, प्रविधि, पर्यटनलगायत विभिन्न क्षेत्रसँग सम्बन्धित करिब ५ सय स्टल रहनेछन् ।

प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास र औद्योगिक क्षेत्रको विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने आयोजकको विश्वास रहेको छ ।

You may also like