एमाले महाधिवेशन : साढे २१ घन्टामा मतदान सकियो, ३६ जनाले भोट हालेनन्

by समतल अनलाइन
84Shares

काठमाडौं । नेकपा (एमाले)को एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ।
बुधबार बिहानदेखि सुरु भएको मतदान बिहीबार बिहान सबेरै सकिएको हो।

एमालेका कुल दुई हजार दुई सय ६३ मतदातामध्ये दुई हजार दुईसय २७ मत मात्रै खसेको छ। विभिन्न कारणले ३६ जना मतदाता उपस्थित हुन नसकेका निर्वाचन आयोगले जनाएको छ।

बुधबार बिहान नौ बजेर २० मिनेटमा मतदान सुरु भएको थियो। ८० वटा विद्युतीय मेसिनबाट भएको मतदान सकिन साढे २१ घन्टा लागेको छ।

You may also like