सुनचाँदीको मुल्य बढ्यो, चाँदी मुल्य अहिलेसम्मकै उच्च

by समतल अनलाइन
52Shares

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ५९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १७० रुपैयाँले बढेर ४०५५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ३८८५ मा कारोबार भएको थियो ।

You may also like