54
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ ।विद्युतीय मतदान मेशीनमा समस्या देखिएपछि मतदान भोली बिहान ८ बजेदेखि हुने भएको हो ।
एमालेका प्रतिनिधिहरु मतदान गर्न लाइनमा बसिरहेको बेला आजको मतदान स्थगित गरिएको छ ।आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।
क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ देखि ८ घण्टासम्म लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।


