प्रदीप ज्ञवालीको अडान, उपाध्यक्ष छोडेर केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता

by समतल अनलाइन
28Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा उम्मेदवारी दर्ताको समय सकिएको छ । आयोगले साढे ३ बजेसम्म तोकेको समय सकिएको हो । केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय सकिएको जानकारी दिदै कार्यालयको ढोका समेत बन्द गरेको छ ।

एमालेको नयाँ नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानलनै बनाएर उम्मेदवारी दर्ता गरेका छन् । प्यानलमा नपरेका केहि नेताहरुले स्वतन्त्र उम्मेदवारी समेत दिएका छन् । जसमा रघुजी पन्तले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् भने आनन्दराम पोखरेलले उपमहासचिवमा उम्मेदवारी दिएका छन् । त्यस्तै लालबाबु पण्डितले सचिवमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै ओली पक्षबाट उपाध्यक्षमा प्रस्ताव गरिएका प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दिएका छन् । ज्ञवाली महासचिवका आकांक्षी रहेका थिए । उनले अन्तिम समयसम्म पनि आफ्नो अडान नछोडदै उपाध्यक्षमा उम्मेदवारी दिन अस्वीकार गरेका छन् । ओली पक्षबाट उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ उम्मेदवार बनेका छन् ।

You may also like