रास्ट्रिय लोक संचारकर्मी नेपालको गण्डकी प्रदेश बिस्तार ,दिपक अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन

by समतल अनलाइन
40Shares

सुदिप गौतम
बुटवल। केहि दिनअघि मात्र रास्ट्रिय लोक संचारकर्मी नेपालको लुम्बिनी प्रदेश कार्यसमिति गठन भएसंगे आज रास्ट्रिय लोक संचारकर्मी नेपालको गण्डकी प्रदेश बिस्तार भएको छ। दिपक अधिकारीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेश ईन्चार्ज कविराज ढकालको प्रमुख आतिथ्यतामा आज सोमबार सम्पन्न भएको छ।

कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका केन्द्रिय सचिब घनश्याम रिजाल, राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल, उपत्यका समितिका सचिव सन्जय पोखरेल, दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशकी अध्यक्ष माया गुरुङ, पत्रकार महासंघ कास्कीका कोषाध्यक्ष राजाराम पौडेल, सर्जक पूर्ण परियार, सञ्चारकर्मी कृष्ण सुबेदी, लगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

निर्वाचित कार्यसमितिहरू
अध्यक्ष: दीपक अधिकारी
वरिष्ठ उपाध्यक्ष: अनुज अधिकारी
उपाध्यक्ष: सीता बराल
सचिव: सुरेश सुनार
कोषाध्यक्ष: सुरज आचार्य
सहसचिव: सुरज अधिकारी
सहकोषाध्यक्ष: रिमा शाही ठकुरी
प्रचारप्रसार विभाग प्रमुख: दीप काफ्ले
महिला विभाग प्रमुख: रेखा पौडेल
प्रवक्ता: गीता तिवारी
सदस्यहरूमा

बालकाशी गुरुङ
प्रीति गिरी
सुशील श्रेष्ठ
सबिन रेग्मी
गीता तिवारी
श्याम प्रसाद काफ्ले
सुबास अम्गाई
रहेका छन। यो संगै पत्रकार तथा सञ्चारकर्मीहरुको क्षेमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त प्रशिक्षण कार्यक्रम यही पुस २ र ३ गते सिन्धुपाल्चोकस्थित सुकुटे बीचमा हुने भएको हो । वरिष्ठ साहित्यकार डा। नवराज लम्साल र वरिष्ठ पत्रकार राजेन्द्र बानियाँले प्रशिक्षण दिने भएका छन।
Sudeep

You may also like