52
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिम वायूको आंशिक प्रभाव रहेको र हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ भने आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।


