59
काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विवरण दर्ता अपरेटरको युजर आईडी र पासवर्ड दुरुपयोग गरेको आरोपमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुरको इमाडोल बस्ने सुनित प्रभाग रेग्मी र ललितपुर–१३ बस्ने आशिष बाबु कुमाल रहेका छन् । जिल्ला अदालत काठमाडौंबाट पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिएको सीआईबीले जनाएको छ ।


