87
काठमाडौँ । नेपाली स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग खेल्ने भएका छन् ।सन्दीपलाई बंगलादेश प्रिमियर लिगको फ्रेन्चाइजी राजशाही वारियर्सले भित्र्याएको घोषणा गरेको छ ।
यस सिजनको बंगलादेश प्रिमियर लिग डिसेम्बर २६ देखि जनवरी २३ सम्म हुने तालिका रहेको छ ।
राजशाहीमा नाजमुल होसैन शान्तो कप्तान रहेका छन् भने न्यूजील्याण्डका जिम्मी निशाम, पाकिस्तानका मोहमद नवाज र श्रीलंकाका पथुमा निसंका जस्ता खेलाडी रहेका छन् । राजशाहीले २०१९-२० को सिजन जितेको थियो ।


