रुपन्देही एमाले सचिव कार्की रास्वपामा, झन्डै दुई सय नेता–कार्यकर्ता प्रवेश

by समतल अनलाइन
69Shares

बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्व नगरप्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।बुटवलमा आयोजित कार्यक्रममा कार्कीलाई रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिस झा लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन्।

रास्वपाका अनुसार कार्कीसहित झन्डै दुई सय जना विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन्।कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव समेत रहँदै लामो समय एमालेमा सक्रिय रहँदै आएका नेता हुन्।

कार्कीसँगै नेकपा एमालेका प्रदेश सदस्य पदम ज्ञवालीलगायत अन्य नेताहरू पनि रास्वपामा प्रवेश गरेका छन्।

You may also like