कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१ शिर्षकमा आन्तरिक खेल सकिए

by समतल अनलाइन
53Shares

बुटवल । कालिका मानवज्ञान मावि बुटवल १० को ६५ औ बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कक्षा ११ र १२ का सम्पूर्ण खेल सकिएका छन् । विभिन्न २१ वटा खेल शिर्षकमा प्रतियोगी आयोजना गरिएको थियो थियो । जस मा छात्र छात्रा भलिव देखि लिएर कबड्डी प्रतियोगीता, एथेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको खेलकुद समितिका सदस्य शिक्षक हिरामन प्रधानले जानकारी दिए ।

जस अन्र्तगत कबड्डी ाछत्र तर्फ ११ व्यवस्थापन संकाय सेक्टर १ का विद्यार्थी समुह प्रथम भएका छन्, यस्तै द्धितिय शिक्षा समुह सेक्टर १ भएको छ । कबड्डी छात्रा तर्फ व्यवस्थापन नेपाली मिडियम समुह र द्धितिय सुजाता बुढाथोकीको समुह भएको छ ।

यस्तै भलिवल तर्फ व्यवस्थापन समुह सेक्टर १, द्धितिय व्यवस्थापन सहुक सेक्टर २ कक्षा १२ को समुह भएको हो । यस्तै छात्रा भलिवल तर्फ कक्षा ११ शिक्षा समुह र द्धितिय व्यवस्थापन समुह सेक्टर १ भएको छ ।
१०० मिटिर दौड मा ११ विज्ञान ए की योजन गौतम, छात्रा तर्फ कृत पराजुली, २०० मिटर त र्फ योजन गौतम र छात्रा तर्फ कृति पराजुली नै प्रथम भएकी छिन् ।

४०० मिट तर्फ रोशन भुषाल कक्षा १२ र छात्रा तर्फ कृति पराजुली प्रथम भएकी हुन । यस्तै ८०० मिटर दौडमा रोशन भुषाल र १५०० मिटिर दौडमा रोशन भुषाल र एलिशा श्रीष सेक्टर २ व्यवस्थापन संकाय प्रथम भएकी छिन् ।

यस्तै ३०० मिटिर छात्र तर्फ रोशन भुषाल र छात्रा तर्फ एलिाशा श्रीष प्रथम भएकी हुन । लंग जम्प प्रथम स्लोक हरिजन र छात्रा तर्फ कृति पराजुली प्रथम भएकी छिन् । यस्तै त्रिपल जम्प तर्फ स्लोक हरिजन११ वि शिक्षा समुह र छात्रा तर्फ कृति पराजुली प्रथम भएकी हुन । यस्तै सटपुट तर्फ जोरामुखी पुन मगर र छात्र तर्फ विक्की यादव प्रथम भएका हुन ।

प्रतियोगीतामा प्रथम, द्धितिय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीलाई बार्षिक उत्सवको अवसरमा आयोजना गरिने विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिने विद्यालयका खेलकुद संयोजक ओम सारुले जानकारी दिए । यसको साथै बाल कक्षा देखि कक्षा १० सम्मका खेलकुद कार्यक्रम समेत विद्यालयका जारी रहेका छन् ।

You may also like