बुटवल । राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल लुम्बिनी प्रदेशको प्रथम कार्यसमिति गठन भएको छ । स्थापना बैठकबाट गोबिन्द भुषालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवगठित कार्यसमितिमा ब–उपाध्यक्षमा अनिता खत्री, उपाध्यक्षमा नमराज पाण्डे, सचिवमा दीपक नेपाली, सह–सचिवमा विराट पहाडी, कोषाध्यक्षमा बसन्त लम्साल र सह–कोषाध्यक्षमा मनिषा बस्याल चयन भएका छन् ।
यसैगरी प्रवक्तामा हरि बहादुर वि.क (सुबास), महिला विभाग प्रमुखमा रिया बस्नेत, प्रचार विभाग प्रमुखमा सुदीप गौतम र प्रचार विभाग सचिवमा विवेक रायमाझी चयन भएका छन् । सदस्यहरूमा ऋषि वाग्ले, ओमप्रकाश गुप्ता, विनोद निगम र विरन्द्र गिरी रहेका छन् ।
संस्थाको लुम्बिनी प्रदेश इन्चार्ज तुलसिंह रनपछाईंको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लोकगायक नारायण बीपी, बसन्त लम्साल तथा प्रमुख अतिथि रनपछाईँलगायतले आ–आफ्नो धारणा राखेका थिए । उक्त जानकारी प्रचार विभाग प्रमुख सुदीप गौतमले दिएका हुन् ।



