एनपीएलको ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड काठमाडौँ गोर्खाजलाई प्रदान

by समतल अनलाइन
43Shares

काठमाडौँ । यस सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा स्पिरिट अफ क्रिकेट अवार्ड काठमाडौँ गोर्खाजले जितेको छ ।

शनिबार काठमाडौँ गोर्खाजलाई नेपाल क्रिकेट संघ (क्यान) र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को पहलमा नेपाल प्रिमियर लिग (एनपीएल) टिमका लागि शुरु गरिएको ‘स्पिरिट अफ क्रिकेट’ अवार्ड प्रदान गरिएको हो ।

क्यान र मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले यस बर्षदेखि नेपाल प्रिमियर लिग (एनपीएल) मा स्पिरिट अफ क्रिकेट अवार्ड सुरु गर्ने यसअघि घोषणा गरेका थिए ।

काठमाडौँ गोर्खाज यस प्रतियोगितामा प्लेअफमा पुगेको थियो । काठमाडौँ इलिमिनेटर खेलमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो ।

यो सम्मान निष्पक्षता, सम्मान र खेलको वास्तविक सारलाई उत्कृष्ट उदाहरण दिने फ्रान्चाइजीलाई प्रदान गरिने बताइएको थियो ।

You may also like

This will close in 0 seconds