लोकतन्त्र अजेय र एमाले अजम्बरी छ : केपी ओली

by समतल अनलाइन
45Shares

काठमाडौँ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा लोकतन्त्र अजेय रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले विभिन्न प्रहारका बाबजुद लोकतन्त्र र पार्टी अविचलित रहेको बताए ।

ओलीले भदौ २३ र २४ मा देशका आधार स्तम्भमाथि प्रहार भएको स्मरण गर्दै भने, ‘ती कहाली लाग्दा दिनहरू, जति बेला देश युद्ध भूमिजस्तै जलिरहेको थियो। आततायीहरूले संविधान, लोकतन्त्र र राजनीतिक दलका आधार स्तम्भमाथि भीषण हमला गरिरहेका थिए।’ उनले थपे, ‘एउटा भाष्य निर्माण गर्न खोजिएको थियो- पुराना पार्टीहरू सकिए, पुराना नेताका दिन गए र एमालेको सान्दर्भिकता समाप्त भयो।’

अध्यक्ष ओलीले भने, ‘पार्टीविरुद्धका प्रत्येक प्रहारबीच पनि नेता, कार्यकर्ता, शुभेच्छुक र जनता एमालेसँग छन् । धुवाँ, खरानी र निषेधका प्रत्येक प्रहारलाई चिर्दै यो जनसागर ओर्लिएको छ। म ढुक्कका साथ भन्छु, लोकतन्त्र अजेय छ, नेकपा एमाले अजम्बरी छ।’

उनी एमाले देशभक्त र जनताको हितमा समर्पित पार्टी रहेको र जनताले राष्ट्रिय शक्ति बनाउनुपर्ने पनि बताएका छन्।

You may also like

This will close in 0 seconds