जि२५ क्लवद्वारा बुटवलका सामुदायिक विद्यालयमा लागुऔषध दुरुपयोगविरुद्ध तीनदिने सचेतना कार्यक्रम सम्पन्न

by समतल अनलाइन
22Shares

बुटवल ।बुटवलका सामुदायिक बिद्यालयहरुमा संचालन गरिएको लागु पदार्थ तथा दुब्र्यशनबिरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

बुटवल उपमहानगरपालिका वडा न ११ मा सामाजिक क्षेत्रमा क्रियाशील युवाहरुको साझा संस्था जि ट्वाइन्टीफाइभ क्लव (जि२५ क्लव) ले संचालन गरेको तीन दिने सचेतनामूलक कार्यक्रम आज समापन गरिएको हो ।

कार्यक्रममा करिब १ हजार जना बिद्यार्थी प्रत्यक्षरुपमा सहभागि भएका थिए । आज बुटवल ११ मा रहेको नबिन औद्योगिक कदर बहादुर रिता माध्यमिक र मैनाबगरमा रहेको सूर्योदय आधारभूत विद्यालयमा सचेतनामुलक कार्यक्रम गरिएको हो । यसअघि २४ गते बुटवल ११ स्थित प्रगति माध्यमिक विद्यालयमा र २५ गते बुटवल १७ को जनशक्ति नमुना भिमप्रसाद गोमता न्यौपाने आधारभूत विद्यालयमा कार्यक्रम गरिएको क्लवका अध्यक्ष जयदिप न्यौपाने (जगदिश)ले बताउनुभयो ।

सो सचेतामूलक कार्यक्रममा आस्था समूहका सुमन हिताङ , सुमित कार्की तथा अस्थायी प्रहरी चौकी बुटवल देवीनगरका प्रमुख टेकराज भण्डारीले मोटिभेशनल कार्यक्रमको सहजीकरण गरेको क्लबका सचिव रेशम बहादुर महराले बताउनुभयो । क्लवले बुटवलक्षेत्रमा समाजका विपन्न वर्गका बालबालिकालाई सहयोग, बुटवललाई हरियाली बनाउन विभिन्न स्थानमा बृक्षारोपण तथा रक्तदान लगायतका दर्जनौँसामाजिक काम गर्दै आइरहेको महासचिव किशोर पंगेनीले बताउनुभयो ।

यो कार्यक्रमबाट बिद्यालयहरुका करिब १ हजार बिद्यार्थीसहित अभिभावक लाभान्भित भएको क्लवले जनाएको छ । तिन दिनसम्म चलेका सो कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष,पूर्व अध्यक्षहरु,संरक्षक,मागदर्शक तथा पदाधिकारी सदस्यहरुको सहभागिता रहेको थियो सो कार्यक्रमलाइ ग्लोबेन्सी एजुकेशनले बिशेष सहयोगी भूमिका खेलेको संस्थापक अध्यक्ष रमेशकुमार जोशीले बताउनुभयो ।

कार्यक्रममा सहयोगी,बिद्यालय तथा प्रशिक्षकहरुलाइ समेत सम्मान गरिएको थियो ।

You may also like

This will close in 0 seconds