मोर्डल प्रिया अधिकारीको “उदाश” सार्वजनिक (भिडियो)

by समतल अनलाइन
16Shares

बुटवलमा रहेर सांगीतिक क्षेत्रमा योगदान प्रदान गर्दै आईरहेकी मोर्डल प्रिया अधिकारीको मुख्य भूमिका रहेको मर्मस्पर्शी सांगीतिक कोशेली “उदाश” सार्वजनिक गरिएको छ । भिन्तुना कला केन्द्रको आधिकारिक यु-ट्युव च्यानलमा सार्वजनिक गरिएको उक्त भिडियोमा प्रिया अधिकारी,रामु आचार्य, टिकाराम शर्मा लामिछाने, रबि रोशी, कृष्ण प्रसाद देवकोटाको अभिनय देख्न सकिन्छ भने अतिथि कलाकारको रुपमा पुजन लामिछाने, दिपक कार्की तथा श्रीकृष्ण प्रणामी मन्दिर टिकौलीका पुजारी श्रीकान्त बरालले अभिनय गरेका छन् ।

अभिभावक अभिभावक बिचको द्वन्दका कारण माया गर्ने जोडीले पाएको पिडा तथा दु:खलाई मार्मिक ढंगबाट गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतलाई रामु आचार्य र सुन्दरलाल श्रेष्ठले संयुक्त रुपमा लेखेका हुन् भने संगीत तथा स्वर उदय मानन्धरको रहेको छ । ह्याप्पी मिडियाले दृश्य निर्माण गरेको गीतको भिडियोमा कृष्ण प्रसाद देवकोटाको छायांकन, पुजन लामिछानेको ड्रोन अपरेटिङ्ग साथै सम्पादन, कथा लेखन तथा निर्देशन रामु आचार्यले गरेका छन् ।
भिडियो:

You may also like

This will close in 0 seconds